Bride & WarriorPraise · Worship · Prayer
Prayer points

प्रार्थना

Casting out demons Scriptures ( Nepali )

मत्ती 16:19

“म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।””

लूका 10:19

“मैले तिमीहरूलाई सर्पहरू र बिच्‍छीहरू कुल्‍चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।”

यशैया 53:4-5

“निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।”

यशैया 55:10-11

“जसरी वृष्‍टि र हिउँ आकाशबाट झर्छ र त्‍यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्‍छ, त्‍यसरी नै मेरो मुखबाट निस्‍कने मेरो वचन पनि हुनेछ। त्‍यो मकहाँ व्‍यर्थै फर्कनेछैन, तर मैले इच्‍छा गरेको काम त्‍यसले पूरा गर्नेछ, र जुन कामको निम्‍ति म त्‍यसलाई पठाउँछु, त्‍यसमा त्‍यो सफल हुनेछ।”

मर्कूस 16:17-18

“विश्‍वास गर्नेहरूसँग यी चिन्‍हहरू हुनेछन्‌— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्‍नेछन्,” 17विश्‍वास गर्नेहरूसँग यी चिन्‍हहरू हुनेछन्‌— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्‍नेछन्, 18तिनीहरूले सर्पहरू समात्‍नेछन्‌ र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्‍यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्‍ना हात राख्‍नेछन्‌ र तिनीहरू निको हुनेछन्‌।

मर्कूस3:11

जब अशुद्ध आत्‍माहरूले उहाँलाई देख्‍दथे, तब उहाँको अगि घोप्‍टो परेर यसो भन्‍दै कराउँथे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”

याकूब 4:7

यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

१ यूहन्‍ना 3:8

जसले पाप गर्छ त्‍यो दियाबलसको  हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्‍ट पार्नलाई नै परमेश्‍वरका पुत्र प्रकट हुनुभएको हो।

२ कोरिन्थी 10:4

किनकि हाम्रो युद्धका अस्‍त्र-शस्‍त्र सांसारिक होइनन्, तर किल्‍लाहरू नाश गर्ने ईश्‍वरीय सामर्थ्‍य तिनमा छ। 5परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।

यूहन्‍ना 14:11-13

11मलाई विश्‍वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्‍छ। नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर।

12 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु। 13तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस्‌ भनेर म त्‍यो गर्नेछु। 14तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्‍यौ भने म गरिदिनेछु।

यूहन्‍ना 10;10

10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।

याकूब 2:19

तिमीहरू विश्‍वास गर्दछौ कि परमेश्‍वर एउटै हुनुहुन्‍छ। त्‍यो असल हो। भूतात्‍माहरू पनि विश्‍वास गर्छन्‌ र थरथर काम्‍छन्‌।

मत्ती 21:22

“विश्‍वास गरेर प्रार्थनामा जे माग्‍छौ त्‍यो तिमीहरूले पाउनेछौ।”

मर्कूस 9:23

“येशूले तिनलाई भन्‍नुभयो, “‘तपाईंले सक्‍नुहुन्‍छ!’ भनी के भनेको? विश्‍वास गर्नेको लागि त सबै कुरा सम्‍भव छ।””

१ यूहन्‍ना 1:7

7तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।

लेवीहरू 17:11

11किनकि जीवधारीको प्राण त्‍यसको रगतमा हुन्‍छ। मैले रगतचाहिँ वेदीमा तिमीहरूको निम्‍ति प्रायश्‍चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्‍ति प्रायश्‍चित गरिन्‍छ।

लूका 22:20

20यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।

मत्ती 26:28

28किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति पापको प्रायश्‍चितको लागि बगाइन्‍छ।

प्रकाश 1:5

5विश्‍वासयोग्‍य साक्षी येशू ख्रीष्‍टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्‍वीका राजाहरूका शासकको तर्फबाट।

प्रकाश 7:14

14अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।

प्रकाश 12:11

11तिनीहरूले थुमाको रगत र आफ्‍ना गवाहीको वचनको कारण त्‍यसलाई जितेका छन्,

र तिनीहरूले मृत्‍युसम्‍मै पनि आफ्‍नो ज्‍यानको माया राखेनन्‌।

रोमी 3:24-25

24परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌। 25परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगतद्वारा प्रायश्‍चितको बलिदान स्‍वरूप प्रस्‍तुत गर्नुभयो, जुन प्रायश्‍चित विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्‍वरले आफ्‍नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्‍वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्‍ता गर्नुभएको थिएन।

१ पत्रुस 1:18-19

18तिमीहरू जान्‍दछौ, कि आफ्‍ना पिता-पुर्खाबाट आएका व्‍यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्‍ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, 19तर निष्‍खोट र निष्‍कलङ्क थुमाको जस्‍तो ख्रीष्‍टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ।